|
२०८२ भाद्र ४
काभ्रे : पाँचखालमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान पाँचखाल नगरपालिका-५ स्थित केराघारीमा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए। उनका अनुसार बा ९३ प ११७० नम्बरको मोटरसाइकल र ना ख ७२१४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका -८का मोटरसाइकल चालक रुपेश खरेलको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको र अस्पतालले उनलाई मृत घोषणा गरेको धाँजुको भनाई छ । ट्रक चालक र ट्रक प्रहरी नियंत्रणमा रहेको प्रहरीले जनाएको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Carter2937
August 20, 2025https://shorturl.fm/AHzlQ