२१ असोज, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको चरिकोट–खाडीचौर सडक खण्डको सुनकोशी गाउँपालिका–७ पाँचकिलोमा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
प्रहरीका अनुसार रामेछापको खाडादेवी गागलभदौरे ८ बाट चरिकोट हुँदै काठमाडौँ जाँदै गरेको बा.प्र.०३-००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार दुर्घटनामा चालक र तीन जना नाबालकसहित २१ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।
लामोसाँघु प्रहरी चौकीबाट अशोक महतोको नेतृत्वमा पुगेको टोलीले घाइतेहरूको उद्दार गरी सिन्धु सदाबहार अस्पताल, खाडीचौरमा पठाएको हो।
दुर्घटनामा परेको बस हिमाल तराई यातायातको भएको र यात्रुहरूलाई लिन बनेपाबाट अर्को बस पठाइएको यातायातका अध्यक्ष आत्मराम थापाले जानकारी दिएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्