जुम्लामा जिप दुर्घटना हुँदा मतदान अधिकृतसहित ६ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर १

एक जनाको अवस्था गम्भीर

जुम्लामा मतदान केन्द्रतर्फ गइरहेको जिप दुर्घटना हुँदा मतदान अधिकृतसहित ६ जना घाइते भएका छन्।

निर्वाचन सामग्री लिएर जुम्लाको सदरमुकाम खलंगादेखि तातोपानी गाउँपालिका–८ मा रहेको जनजागृती माध्यमिक विद्यालय मतदान केन्द्र ताम्ती जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना भएको हो।

बिहीबार दिउँसो साढे २ बजे तिला गाउँपालिका–४ रावतबाडामा अनियन्त्रित भई दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार जिप सडकदेखि करिब २० मिटर तल खसेको छ।

दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र कार्यालय सहयोगी अंगराज गिरी घाइते भएका छन्।

घाइतेमध्ये कार्यालय सहयोगी अंगराज गिरीको अवस्था गम्भीर रहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।

उनका अनुसार अरू घाइतेहरूको अवस्था खतरामुक्त छ।

घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।

जिप चालक सुरेश कार्कीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *