निलाे माइक्राे र टेम्पुकाे दोहोरो बस्ने सीट बीचमा प्लाष्टिक राखेर यात्रु बोकिँदै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार २४

२४ असार, काठमाडौं । कोरोनाको दोश्रो लहरले महामारीको रुप लिएसँगै काठमाडौंका छोटो दूरीका यात्राका लागि सजिला र भित्री गल्लीहरुमा चल्ने टेम्पु र निलो माइक्रो लामो समयदेखि चल्न सकेका थिएनन्। कोरोना नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएसँगै यी सवारीका साधन पनि बन्द भएका थिए।

सरकारले विभिन्न मापदण्ड बनाएर सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिएको छ। सरकारले सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, दोहोरो बस्ने सीट भएका सवारी साधनको बीचमा प्लाष्टिक राख्नु पर्ने मापदण्डमा उल्लेख पश्चात निलो माइक्रो र तीन पाङ्ग्रे टेम्पुमा बीचमा प्लाष्टिक लगाएर बार लगाएको देखिन्छ।

मास्क नलगाएका यात्रुहरुलाई गाडीमा नचडाउने, ढोकामा स्यानिटाइजर राख्ने, अनिवार्यरुपमा साना गाडीहरुको बीचमा प्लाष्टिक हाल्ने लगायतका मापदण्डहरु पालना गर्दै सार्वजनिक सवारीसाधनले काठमाडौंका सडकपेटीहरुको सोभा बढाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *