|
२०८२ मंसिर १७
जनकपुरधाम:मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले औपचारिक आह्वान गरेका छन्।
संविधानको धारा १६८(२) बमोजिम दुई वा बढी राजनीतिक दलको समर्थनसहित बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले सरकार गठनका लागि दाबी पेश गर्नुपर्ने प्रावधान छ। यसका लागि दाबी पेश गर्ने समयसीमा आगामी शुक्रबार साँझ ५ बजे सम्म तोकिएको छ।
यसअघि नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकार २२ दिनमै पदत्याग गर्नुपरेको थियो। कात्तिक २४ मा मुख्यमन्त्रीको रुपमा शपथ लिएका यादवले सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा आवश्यक बहुमत नपाउने निश्चित भएपछि बुधबार राजीनामा दिएका हुन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्