|
२०८२ चैत्र १
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कान्टार क्षेत्रमा मनकामना मन्दिरबाट फर्किँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आइतबार साँझ दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर २ पुरुष र ५ महिलाको मृत्यु भएको पुष्टि भएको छ, जसमा सबै भारतीय नागरिक रहेका छन्। साथै ३ पुरुष र ६ महिला गरी ९ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्