|
२०८२ आश्विन १
काठमाण्डौँ । मनकामना केबलकार आजदेखि नियमित रूपमा सेवा सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो ।
सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनले बताउनु भएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामनामाईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो । यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना – ४ स्थित चेरेसमा पर्दछ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्