रास्वपाको चीन भ्रमणको खर्च चीनले नै बेहोर्ने महामन्त्री आचार्यको भनाइ

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २९, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको १० दिने चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको भ्रमणको सम्पूर्ण व्यवस्थापन चिनियाँ पक्षले नै गर्ने उनले जानकारी दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले विदेश भ्रमणको औचित्य, खर्च र सहभागीको छनोटबारे सांसदहरूले प्रश्न उठाउनु स्वाभाविक भएको बताए ।

उनले यस्ता प्रश्नलाई भ्रमणको विरोधका रूपमा नभई राज्यकोषको सदुपयोग र भ्रमणलाई जवाफदेही बनाउन गरिएको चासोका रूपमा बुझ्नुपर्ने धारणा राखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *