अँध्यारो नेपाललाई उज्यालो बनाएको श्रेय लिँदै जनार्दन शर्मा

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २३, २०८३

काठमाडौं । पूर्वऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाललाई लामो समयको विद्युत् संकटबाट मुक्त गराउन आफूले नेतृत्वदायी भूमिका खेलेको दाबी गरेका छन् ।

उज्यालो नेपाल अभियानको एक दशक पूरा भएको अवसरमा उनले सामाजिक सञ्जालमार्फत लोडसेडिङ अन्त्य गर्दाको अनुभव सार्वजनिक गरेका हुन् । मन्त्री बनेपछि देशलाई अन्धकारमुक्त बनाउने संकल्पसहित काम थालेको र नीतिगत सुधारमार्फत विद्युत् संकट समाधान गरेको उनको भनाइ छ ।

शर्माले लोडसेडिङ अन्त्य हुनु बत्ती बाल्ने उपलब्धि मात्रै नभई देशमा केही गर्न सकिन्छ भन्ने विश्वास जगाउने अभियानसमेत भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *