निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै अनुमति लिइएका ड्रोन पनि उडाउन नपाइने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १३

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा अनुमति लिइएका ड्रोनहरू पनि उडाउन नपाइने भएको छ ।

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जथाभावी ड्रोन नउडाउन भनेको छ । कार्यालयले एक सूचना जारी गर्दै अनुमति लिएका ड्रोनसमेत निर्वाचन अवधिभर नउडाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै यस्तो निर्णय गरिएको बताए ।

उनका अनुसार, प्रशासनबाट सञ्चालन अनुमति लिएका ड्रोन फागुन १८ गतेदेखि २१ गते मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभित्र कुनै पनि स्थानमा उडान गर्न पाइनेछैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *