|
२०८३ श्रावण ८
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका सबै पुस्तालाई समेटेर संगठनलाई थप बलियो बनाउने बताएका छन्।
४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले समयअनुसार नयाँ सोच र कार्यशैली अपनाउँदै पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे। निर्वाचन केन्द्रित राजनीतिभन्दा जनताको सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।
थापाले नेता–कार्यकर्तालाई सामाजिक सञ्जालको सीमित दायराभन्दा बाहिर निस्केर जनताका वास्तविक समस्या बुझ्न आग्रह गरे। जनविश्वास बढाउने गरी कांग्रेसले जनतामाझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्