हेटौँडा–कुलेखानी–फाखेल सडक एक महिनाका लागि बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १५

मकवानपुर — हेटौँडा–कुलेखानी–फाखेल सडक खण्ड एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। हेटौँडा-कुलेखानी-फाखेल सडक जेठ १५ गतेदेखि निर्माण कार्यका कारण बन्द गरिएको हो।

पूर्वाधार विकास कार्यालयका अनुसार महालक्ष्मी खोलामा पुल निर्माण तथा सडक ढलान कार्य सुरु गर्नुपर्ने भएकाले यातायात अवरुद्ध गरिएको हो। निर्माण समयमै सम्पन्न गर्न र सवारी चाप व्यवस्थापनका लागि सडक बन्द गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *