आज कुन राशिका लागि कस्तो रहनेछ दिन?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २८

मेष: सामाजिक कामतर्फ रुचि बढ्नेछ। यात्राबाट सुख प्राप्त हुनेछ भने घरमा पाहुनाको आगमनले खुसी थप्नेछ। कार्यस्थलमा विरोधी सक्रिय हुन सक्ने भएकाले अरूको कुरामा हस्तक्षेप नगर्नु राम्रो हुनेछ। शुभ रंग पहेँलो र अंक २।

वृष: साथीभाइको साथले कार्यक्षेत्रमा महत्वपूर्ण काम पूरा हुनेछ। सन्तानको प्रगतिले उत्साह बढाउनेछ। शुभचिन्तकको सुझावलाई बेवास्ता नगर्नुहोस्। शुभ रंग निलो र अंक ३।

मिथुन: परिस्थितिलाई आफ्नो पक्षमा पार्ने अवसर मिल्नेछ। आफन्तसँग रमाइलो समय बित्नेछ। व्यवसायमा नयाँ निर्णय गर्दा पर्याप्त विचार गर्नु आवश्यक छ। शुभ रंग सेतो र अंक ४।

कर्कट: कुनै विषयले मानसिक अशान्ति बढाउन सक्छ। काममा अरूमाथि निर्भर हुनुभन्दा आफैँ सक्रिय हुनु राम्रो हुनेछ। सहयोगीबाट साथ मिल्नेछ। शुभ रंग रातो र अंक ५।

सिंह: मनोरञ्जनका सामग्रीमा अनावश्यक खर्च नगर्नुहोस्। विद्यार्थीमा आत्मविश्वास बढ्नेछ। आफ्नो स्वाभिमान जोगाउन केही संघर्ष गर्नुपर्ने हुन सक्छ। शुभ रंग हरियो र अंक ६।

कन्या: आशावादी सोच र मेहनतले दिनलाई उपलब्धिमूलक बनाउन सकिनेछ। विद्यार्थीले गुरुजनको साथ पाउनेछन्। पद तथा प्रतिष्ठा बढ्ने संकेत छ। शुभ रंग सेतो र अंक ७।

तुला: अरूको विवादमा अनावश्यक रूपमा संलग्न नहुनुहोस्। स्वास्थ्यका लागि पौष्टिक खानामा ध्यान दिनु राम्रो हुनेछ। कानुनी विषयमा विशेष सतर्कता आवश्यक छ। शुभ रंग खैरो र अंक ३।

वृश्चिक: पेशागत जीवनमा अगाडि बढ्ने अवसर प्राप्त हुन सक्छ। भनेजस्तो काम पूरा हुँदा नयाँ योजनातर्फ अघि बढ्ने समय छ। शारीरिक थकान भने महसुस हुन सक्छ। शुभ रंग पहेँलो र अंक ९।

धनु: उच्च पदमा रहेका व्यक्तिसँग सम्पर्क विस्तार हुने सम्भावना छ। व्यापारबाट राम्रो आम्दानी हुन सक्छ। नयाँ काम सुरु गर्नुका साथै सोचिएका योजना पूरा हुनेछन्। स्वास्थ्य पनि अनुकूल रहनेछ। शुभ रंग हरियो र अंक ७।

मकर: निरन्तर प्रयास र धैर्यले काममा सफलता दिलाउनेछ। समयमै जिम्मेवारी पूरा गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि राम्रो नतिजा हात लाग्ने सम्भावना छ। शुभ रंग सेतो र अंक ६।

कुम्भ: उच्च शिक्षाका लागि नयाँ बाटो खुल्न सक्छ। सिर्जनात्मक काममा सफलता मिल्नेछ भने कार्यक्षेत्रमा भाग्यले साथ दिनेछ। शुभ रंग हरियो र अंक ५।

मीन: काममा सहयोगीबाट अपेक्षाअनुसार साथ नपाइन सक्छ। अनावश्यक विवादबाट टाढा रहनु उचित हुनेछ। प्रेम सम्बन्धमा भने आत्मीयता कायम रहनेछ। शुभ रंग हरियो र अंक ३।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *