सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

काठमाडौं — देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय रेखाको प्रभाव कायम रहेकाले आज सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा दिनभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराईका धेरै स्थानमा आंशिक बदली रहने अपेक्षा गरिएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा पनि मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा समेत केही स्थानमा वर्षा हुन सक्ने जनाइएको छ।

लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

रातिको समयमा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ। ती क्षेत्रसँगै गण्डकी र लुम्बिनीका उच्च भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसममा आएको परिवर्तनका कारण चट्याङ, हावाहुरी र वर्षाबाट हुन सक्ने जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *