आजको राशिफल : कुन राशिलाई कस्तो छ दिन ?

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १८, २०८३

मेष: कार्यक्षेत्रमा चुनौती आउन सक्छ। सम्पत्तिसम्बन्धी समस्या समाधान हुने र व्यापारमा नयाँ योजना बन्ने योग छ।

वृष: सामाजिक कार्यबाट प्रतिष्ठा बढ्नेछ। विद्यार्थीलाई राहत मिल्नेछ भने व्यापारमा गोपनीयता कायम राख्नुहोला।

मिथुन: आर्थिक निर्णय गर्दा सल्लाह लिनुहोला। व्यापारमा दीर्घकालीन योजना बन्नेछ।

कर्कट: व्यापारमा लगानी बढाउने समय छ। सन्तानबाट खुसीको खबर मिल्नेछ भने विवाहको प्रस्ताव आउन सक्छ।

सिंह: पेशामा प्रभाव बढ्नेछ। रोकिएको पैसा प्राप्त हुने सम्भावना छ। सवारी चलाउँदा सावधानी अपनाउनुहोला।

कन्या: काममा ऊर्जा र उत्साह बढ्नेछ। राजनीतिक जिम्मेवारी मिल्न सक्नेछ भने अध्ययनमा प्रगति हुनेछ।

तुला: राजनीतिक प्रभाव र पेशागत मनोबल बढ्नेछ। प्रेम सम्बन्धमा रमाइलो यात्रा हुन सक्छ।

वृश्चिक: आत्मविश्वास बढ्नेछ। आफन्तसँग भेटघाट हुनेछ भने उच्च अधिकारीको सहयोग मिल्नेछ।

धनु: सोचेअनुसार काम बन्नेछ। आफ्नो विचार निर्धक्क राख्दा कार्यक्षेत्रमा प्रभाव बढ्नेछ।

मकर: योजना कार्यान्वयनमा सफलता मिल्नेछ। घरायसी काममा व्यस्तता बढ्नेछ भने शिक्षामा नयाँ अवसर आउन सक्छ।

कुम्भ: आत्मविश्वासका साथ निर्णय गर्दा सफलता मिल्नेछ। जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने समय छ।

मीन: रोकिएका काम अघि बढ्नेछन्। अध्ययन र सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। पिताको स्वास्थ्यप्रति चिन्ता रहन सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *