|
कार्तिक १८, २०८३
काठमाडौं । रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा अज्ञात समूहले गोली प्रहार गर्दा २८ वर्षीय राकेश यादव घाइते भएका छन्।
सोमबार राति करिब सवा ९ बजे भएको घटनामा यादवको ढाड, हात र खुट्टामा गोलीका छर्रा लागेको प्रहरीले जनाएको छ।
घाइते यादवलाई थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल लगिएको छ। उनको अवस्था गम्भीर रहेको छ।
घटनास्थलबाट तीनवटा गोलीका खोका बरामद भएको प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने व्यक्ति र घटनाको कारण खुलेको छैन। प्रहरीले अनुसन्धान अघि बढाएको छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्