|
२०८३ जेष्ठ १७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको निराशा र पलायनको प्रवृत्ति अन्त्य गर्दै पुनर्गठन र पुनर्जागरण अभियान अघि बढाइने बताएका छन्। अन्तरपार्टी निर्देशनमार्फत उनले सदस्यता नवीकरणसहित संगठन सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका हुन्।
ओलीले देशको संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमसत्तामाथि चुनौती बढिरहेको दाबी गर्दै यस्तो अवस्थामा एमाले अझ बलियो हुनुपर्ने आवश्यकता औंल्याए। उनले निर्वाचन परिणाम अपेक्षाअनुसार नभए पनि समीक्षा गरेर कमजोरी सुधार्दै पार्टीलाई नयाँ ऊर्जा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, निर्वाचन समीक्षा तथा संगठन पुनर्संरचनासम्बन्धी सुझाव संकलन गर्न रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरिएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्