कान्तिपुरका प्रबन्ध निर्देशक सम्भव सिरोहियाको राजीनामा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ११

काठमाडौं ।  कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले बिहीबारदेखि लागू हुने गरी आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले कर्मचारीहरूलाई पठाएको सन्देशमा हालको पत्रकारिताको शैलीप्रति असन्तुष्टि जनाएका छन्।

विशेषगरी गृहमन्त्रीमाथि प्रकाशित समाचारहरू सनसनीपूर्ण र अप्रमाणित रहेको भन्दै उनले यस्तो पत्रकारितासँग आफू जोडिन नसक्ने बताएका छन्। नयाँ सरकारले काम सुरु नपाउँदै कमजोर बनाउने किसिमका सामग्री प्रकाशित भएको उनको आरोप छ।

यसअघि उनले सामाजिक सञ्जालमार्फत पनि उक्त रिपोर्टिङप्रति प्रश्न उठाएका थिए। सिरोहिया २०८० असोजमा प्रबन्ध निर्देशक बनेका थिए भने त्यसअघि सिइओको रूपमा कार्यरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *