|
२०८२ आश्विन २
काठमाण्डौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का फुटसल निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् ।
एएफसी फुटसल कप २०२६ को छनोट प्रतियोगितामा नेपाल सहभागी नहुँदा एसियाली फुटबल महासंघ (एएफसी) ले गरेको कारबाही र त्यसको जिम्मेवार एन्फा सचिवालयलाई ठहराउँदै उनले बिहीबार राजीनामा बुझाएका हुन् ।
महर्जनले आफ्नो राजीनामा पत्रमा एन्फा सचिवालयले प्रतियोगितामा सहभागिताका लागि आवश्यक बजेट विनियोजन नगरेको कारण नेपाल प्रतियोगिताबाट नाम फिर्ता लिन बाध्य हुनुपरेको उल्लेख गरेका छन् ।
सचिवालयको गैरजिम्मेवार व्यवहारका कारण आफूलाई पदमा रहेर काम गर्न नसक्ने महसुस भएको उनले बताएका छन् ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्