काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले राजीनामा दिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २

काठमाण्डौँ । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।

उनले भने ‘मैले राजीनामा दिइसकेको छु । ४ गतेबाट मात्रै लागु हुनेछ,’ उनले भने । पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएका हुन् ।

उनी काठमाडौँबाट नै चुनाव लड्ने तयारीमा छन् । ‘ म मेयरसाब जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीबाट चुनाव लड्छु । काठमाडौँकै कुनै क्षेत्रबाट लड्छु क्षेत्र फिक्स भइसकेको छैन,’ पाण्डेले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *