|
२०८३ बैशाख ८
काठमाडौं । कपिलवस्तु प्रहरीले सुन चोरीमा संलग्न रहेको आरोपमा दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट १७ हजार १३६ अमेरिकी डलरसहित विभिन्न विदेशी मुद्रा र दुई मोबाइल बरामद गरिएको छ। यसअघि पक्राउ परेका व्यक्तिहरूबाट प्राप्त सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
हाल उनीहरूमाथि विभिन्न जिल्लामा भएका सुन चोरीका घटनामा संलग्नताको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्