जेनजी आन्दोलनमा कारागारबाट भागेर पोखरामा शृंखलाबद्ध चोरी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाण्डौँ । जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका प्यूठानका २४ वर्षीय सुमित थापा मगर पोखरामा शृंखलाबद्ध चोरीमा संलग्न रहेको खुलेको छ। लगातार बढिरहेका चोरीका घटनापछि कास्की प्रहरीले सुमितसहित धादिङका २७ वर्षीय सुजन परियारलाई पोखरा–३, रामघाटबाट पक्राउ गरेको हो ।

सुमित यसअघि अभद्र व्यवहारदेखि चोरी उद्योगसम्मका मुद्दामा आठ पटक पक्राउ परिसकेका थिए भने सुजन पनि अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । दुवैले डेढ महिनामा चार विभिन्न ठाउँबाट नगद, कागजात, स्कुटर, जिन्सी तथा स्टोरको ढोका फोडेर लाखौँ चोरी गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

दुवैलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ । मुलुकी अपराध संहिता अनुसार यस्तो कसूरमा ३ देखि १० वर्षसम्म कैद सजाय हुन सक्छ। जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार ७७३ मध्ये अझै १८० जना फरार छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *