२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष अनिवार्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २८

काठमाडौँ । सरकारले देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थलमा गोपनीयता र सरसफाइयुक्त कक्ष सञ्चालन गर्न भनेको हो।

साथै, अन्तरराष्ट्रिय मापदण्डअनुसार सरसफाइ कायम राख्न, दैनिक ‘लगबुक’ प्रणाली लागू गर्न र विश्व स्वास्थ्य सङ्गठन तथा अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन का स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको छ।

महिला यात्रुका लागि शौचालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन र विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाह कक्ष सञ्चालन गर्न पनि जोड दिइएको छ। मन्त्रालयले निर्देशन कार्यान्वयनको अनुगमनसमेत गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *