कोशी र लुम्बिनीमा चट्याङसहित हल्का वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ८

काठमाडौँ — देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहँदा आज पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि बदली रहने मौसम रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षा तथा हिमपात भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रसहित पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। राति भने अधिकांश तराई क्षेत्रमा मौसम सफा रहने भए पनि केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र हल्का वर्षाको सम्भावना रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *