|
२०८२ फाल्गुन २५
इलाम । इलाम–१ को मतगणनामा तीन दलबीच कडा प्रतिस्पर्धा देखिएको छ। सोमबार बिहान ९ बजेसम्म नेपाली कांग्रेसका निश्कल राई अग्रस्थानमा छन्। उनले ११ हजार १६५ मत पाएका छन्।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ दोस्रो स्थानमा छन्। उनले १० हजार ८२५ मत ल्याउँदै मतान्तर घटाइरहेका छन्। कांग्रेस र श्रम संस्कृति पार्टीबीच अहिले ३४० मतको मात्रै अन्तर रहेको छ।
सुरुआतमा अग्रता लिएका एमालेका काजीमान कागते भने अहिले तेस्रो स्थानमा झरेका छन्। उनले १० हजार २३७ मत प्राप्त गरेका छन्। उनी नेम्बाङभन्दा ५८८ र राईभन्दा ९२८ मतले पछाडि छन्।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्