सार्वजनिक बिदा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २१

बुटवल — लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार २०८१ चैत २१ गते प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार स्थापना दिवसको सम्मानमा सरकारी तथा सार्वजनिक कार्यालयहरूमा बिदा दिइएको हो।

प्रदेश स्थापना दिवसलाई विशेष रूपमा मनाउन लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाले संयुक्त रूपमा मूल समारोह आयोजना गर्ने कार्यक्रम तय गरेका छन्। उक्त समारोहमार्फत प्रदेश स्थापनाको ऐतिहासिक महत्व र उपलब्धिहरूलाई स्मरण गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *