आज देशभर मौसम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। हाल गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको र बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने देशका अन्य भूभागमा मौसम सफै रहने छ। आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *