राजतन्त्रविरुद्धको आन्दोलनदेखि कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवारीसम्म चोलेन्द्र कार्की

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ११

सोलुखुम्बु — नेपाली कांग्रेसका नेता चोलेन्द्र बहादुर कार्कीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्। २०६१ सालदेखि कांग्रेसको विचार, सिद्धान्त र संगठनसँग जोडिएर सक्रिय रहेको बताउने कार्कीले तत्कालीन राजतन्त्रविरुद्धको आन्दोलनमा सहभागी हुँदा २४ दिन जेल जीवन बिताएको उल्लेख गरेका छन्।

२०६४ सालदेखि पार्टीका विभिन्न आन्दोलन, कार्यक्रम तथा निर्वाचनमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ। पर्यटन क्षेत्रमा समेत सक्रिय कार्की २०७६ भदौ १९ गते ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) को प्रथम उपाध्यक्षमा निर्वाचित भएर काम गरेको अनुभव रहेको बताउँछन्। उनी नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका संस्थापक उपाध्यक्षसमेत हुन्।

पद प्राप्तिभन्दा संगठनप्रतिको जिम्मेवारी र समाजसेवालाई प्राथमिकता दिँदै आएको बताउँदै कार्कीले पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र गतिशील बनाउन आफ्नो अनुभव, ऊर्जा र समय उपयोग गर्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement