|
२०८३ श्रावण ३०
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र असन्तुष्टि बढे पनि आफू नेतृत्वबाट पछि नहट्ने स्पष्ट पारेका छन्।
इलाममा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूलाई हटाउन हस्ताक्षर अभियान चलाउने तथा नेतृत्व परिवर्तनको बहस गर्नेहरूप्रति असन्तुष्टि जनाए। पार्टी संकटमा परेका बेला मैदान छाडेर भाग्ने आफ्नो स्वभाव नभएको उनको भनाइ थियो।
उनले पार्टीको नीति, विधान र अनुशासनविपरीत गतिविधि गर्नेहरूलाई सचेत गराउँदै त्यस्ता कार्यमा संलग्न भए संगठनात्मक कारबाही गरिने चेतावनी दिए। आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई थप अनुशासित ढंगले अघि बढाउने ओलीले बताए।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्