|
२०८२ माघ ९
काठमाण्डौँ । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको पनि उनले जानकारी दिए ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्