राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १

काठमाण्डौँ । नेकपा एमालेका नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

हाल एमालेको प्रचार प्रसार विभाग प्रमुखको रुपका रहेका गौतमले केपी शर्मा ओली समुहबाट पदाधिकारीमा दाबी गरेका थिए । तर प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पार्टीका नेताहरू, कार्यकर्ताको सुझाव र सल्लाहलाई ध्यानमा राखेर केपी शर्मा नेतृत्वको समुहलाई हार्दिकता बहुमतले विजयी गराउन अपिल गर्दै उम्मेदवारी फिर्ता लिएको गौतमले बताएका छन् ।

गौत्तमको खुला केन्द्रीय सदस्यमा भने उम्मेदवारी कायम रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *