|
२०८३ आश्विन २४
काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ बेहरीमा करेन्ट लागेर ४५ वर्षीया सिरिया देवी महतोको मृत्यु भएको छ।
शनिबार दिउँसो घरपछाडि सरसफाइ गर्ने क्रममा नाङ्गो तार छुँदा उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएकी महतोलाई उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पताल लगिएकोमा चिकित्सकले दिउँसो २ बजे मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्