काठमाण्डौँ । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन् । यी चर्चित अनुहार प्रतिनिधि नभएकोले केही दिन अघिसम्म संशयमा थिए तर प्रतिनिधि मनोनयनमा परेपछि उनीहरू उत्साहित भएका छन् ।
केन्द्रीय कमिटीमा इन्ट्री हुन लागेका एमालेका चर्चित युवा नेतामध्ये एक हुन् सुनिता डङ्गोल हुन् । काठमाण्डौँ महानगरकी उपमेयर डङ्गोल स्पष्ट वक्ता तथा मोटिभेसन स्पिकर पनि हुन् ।
महानगरमा मेयर बालेनसँगको द्वन्द्वमा कहिले पार्टीको पक्षमा कहिले सँगै भिडेरै र कहिले समन्वय गरेर पार्टी भित्र आफ्नो स्पेस बनाइरहेकी छिन् । हिजो महाधिवेशन प्रतिनिधि मनोनयनमा परेपछि केन्द्रीय सदस्य हुने उनको बाटो खुलेको छ ।
यसैगरी ललितपुर उपमहानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य पनि केन्द्रीय सदस्यको सूचीमा चढ्दै छिन् । उनलाई पनि मनोनयनमा परेपछि केन्द्रीय सदस्यको बाटो खुलेको हो ।
यसपटक केन्द्रीय सदस्यमा इन्ट्री गर्ने अर्का चर्चित व्यक्तित्व हुन् सुहाङ नेम्वाङ । १० औँ महाधिवेशनबाट उपाध्यक्ष भएका सुवासका छोरा सुहाङ २०८० मा बाबुको निधन भएपछि इलाम २ बाट निर्वाचन जितेर सांसद भएका थिए । महाधिवेशन स्थलमा धेरै जनाको आकर्षणको केन्द्र भएका सुहाङ एमालेको केन्द्रीय कमिटीमा जाने निश्चित जस्तै छ ।
यस्तै अर्का चर्चित व्यक्तित्व अब्दुस मियाँ पनि केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्