एमाले केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवालाई ५ प्रतिशत कोटा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २८

काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब ५ प्रतिशत (४.९८) प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ । जसमा प्रदेशगत प्रतिनिधित्व उपत्यकासहित सबै प्रदेशबाट एकरएक जना युवा आउनेछन् । एमालेको पार्टी संरचनामा ८ प्रदेश छ । यसो हुँदा ८ जना युवा यहाँबाट आउनेछन् ।

खुला कोटामा युवाका लागि २, जनजाति आदिवासीतर्फ युवा २, मधेशीतर्फ युवा २ र दलिततर्फ युवा १ जना आउनेछन् । यसो हुँदा ३०१ सदस्यीय केन्द्रीय समितिमा युवा १५ जना हुनेछन् । यो ४.९८ प्रतिशत हो ।

पोलिटब्यूरो सदस्य महेश बस्नेतले युवाको लागि ५ कोटा राखिएको जानकारी दिएका छन् ।

केन्द्रीय कमिटीमा १० देखि १५ प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग उठेको थियो ।

गत शुक्रबार बसेको सचिवालय बैठकमा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने प्रस्ताव नै राखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *