×

नेपाली कांग्रेस महाधिवेशन दुई चरणमा गर्नु पर्ने डा.रिजालको प्रस्ताव

असार २२, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले पार्टी विधान संशोधन गरेर महाधिवेशन दुई चरणमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा डा। रिजालले दुई चरणको महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

आइतबारको बैठकमा बोल्दै उनले पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गर्ने र महाधिवेशनबाट सभापतिको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

आम निर्वाचन अगाडि महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन भयो भने तलसम्म गुटबन्दी नहुने रिजालले बताएका छन् । सभापति निर्वाचित भए पनि उनले कार्यकालको सुरुवात आम निर्वाचनपछि मात्रै गर्ने गरी विधान बनाउनुपर्ने रिजालले बताए । त्यसबेलासम्म सभापतिले पार्टी कस्तो बनाउने हो त्यसैअनुरुप विधान संशोधनको प्रस्ताव तयार गर्ने प्रस्ताव उनको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: