हामी लरोतरो पार्टीको सदस्य होइन, इतिहास स्थापना गरेको पार्टी हो : उपप्रधानमन्त्री सिंह

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ८

काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यहरूलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताएका छन्। सोमाबार काठमाडौँमा नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौँ महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संख्या ठूलो हुने तर कांग्रेस पार्टीका क्रियाशील सदस्यहरूले नै क्रियाशील सदस्यताका महत्व नबुझ्ने कुरा राम्रो नरहेको बताए।

‘हामीले सबै क्रियाशील सदस्यहरूलाई पार्टीका हरेक गतिविधिमा इन्भल्व गराउन सक्नुपर्छ। संख्या चाहीँ ठूलो हुने तर संख्या ठूलो भएर पनि नेपाली कांग्रेस पार्टीका क्रियाशील सदस्यहरूले नै क्रियाशील सदस्यताका महत्व नै बुझाउन नसकेको हो कि के हो? त्यसमा कमी, कमजोरी भएको हो कि? अब त बुझाउनुपर्यो नि त। हामी लरोतरो पार्टीको सदस्य होइन, इतिहास स्थापना गरेको पार्टी हो।’

उपप्रधानमन्त्री सिंहले इतिहास स्थापना गरेको पार्टीका नेताहरूले क्रियाशील सदस्यहरू हौँ भन्ने कुरा बिर्सिन नहुने बताए। उनले आफूहरू राष्ट्र र समाजका सेवा गर्न राजनीतिमा लागेको भनाइ राखे। उनले राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्ने बताए। उपप्रधानमन्त्री सिंहले संस्थापक नेताहरूले गरेको त्याग, तपस्या बिर्सिन नहुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *