वर्तमान सरकार राजनीतिक स्थिरता र स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १९

काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य राजनीतिक स्थिरता, स्थायित्वका लागि भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको सरकार राजनीतिक स्थिरता र स्थायित्व दिनका लागि बनेको बताए।
‘संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर राजनीतिक स्थिरता, स्थायित्व दिनका लागि बनेको यो सरकार हो,’ सिंहले भने, ‘यही राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन गर्ने प्रतिवद्धतासहित सामाजिक परिवर्तनका लागि हामी गएका छौँ। तपाईंहरुले जसरी हामीलाई साथ दिँदै आउनुभएको छ, हामीले पाएको जिम्मेवारी सफल पार्नको लागि साथ, सल्लाह, सुझाव आवश्यक छ।’

उपप्रधानमन्त्री सिंहले सबैले साथ र सहयोग गरे आर्थिक विकास र समृद्धि सम्भव रहेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *