|
२०८२ भाद्र १०
काठमाडौं : उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नै मन्त्रीमण्डल हेरफेर हुने सम्भावना नरहेको बताएका छन् ।
नेपाल महिला सङ्घका संस्थापक मंगलादेवी सिंहको २९ औँ स्मृति दिवसका अवसरमा मङ्गलवार काठमाडौँको शोभाभगवती रहेको शालिकमा माल्यार्पण गर्दै सिंहले मन्त्रीमण्डल हेरफेरका चर्चा चलेपनि अहिले नै कांग्रेसका तर्फबाट मन्त्रीहरू हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका हुन् ।
उनले संख्याका आधारमा समेत अहिलेको सरकार बलियो अवस्थामा रहेकाले पूरै अवधि यही सरकार चल्ने दाबी गरे ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्