सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ७

काठमाडौँ : सत्तारुढ दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तापक्षीय दलहरुको बैठक अहिले बसिरहेको छ।

बैठक सरकारले सय दिनमा गरेका काम कारबाही र सरकराको सय दिनको उपलब्धी सार्वजनिक गर्न लागेको विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ।

बैठकमा नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा.सिके राउत, राष्ट्रिउ उत्मुक्ति पार्टीकी प्रमुख रञ्जिता श्रेष्ठ लगायत उपस्थित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *