बोल्न पाउने अधिकार हनन भएकाले मुखमा टेप लगाएँ : मुकुल ढकाल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १९

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पाटीको बैठक लाइभ नगरिएकाले आफू मुखमा कालो टेप लगाएर बैठकमा उपस्थित भएको स्पष्टीकरण दिएका छन्।

बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा ढकाल मुखमा कालो टेप लगाएर उपस्थित भएका छन्। उनले आफ्नो बोल्न पाउने अधिकार हनन भएकाले त्यसो गरेको उल्लेख गरेका छन्। ‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ ढकालको भनाइ छ।

उक्त प्रतिवेदनपछि पार्टीभित्रैबाट आलोचना खेपीरहेका ढकालले आफ्नो प्रतिवेदनमाथि छलफल गर्दा केन्द्रीय समिति बैठक लाइभ हुनुपर्ने माग राखेका थिए। तर, पार्टीले भने उनको अडान स्वीकार गरेन।

बदलिँदो राजनीति र ढकालको समीक्षा प्रतिवेदनबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो। देशदौडाह गरेर आएका महामन्त्री ढकालले अलिहेकै हिसाबले पार्टी चलिराखे आउँदो चुनावमा राष्ट्रिय पार्टी समेत नहुने खतरा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *