पूर्वगृहमन्त्रीलाई सहकारी प्रकरणमा भ्रम छर्न शोभा दिँदैन: मुकुल ढकाल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र ११

काठमाडौँं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले सहकारी प्रकरणमा भ्रम छर्दै हिँडेको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै ढकालले पूर्व गृह मन्त्रीसमेत भइसकेको मान्छेले त्यसरी भ्रम छर्दै हिँड्न शोभा नदिने बताएका हुन्।

उनले लेखेका छन्, ‘सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेका छन्, आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन्। यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दै छन्। सम्बन्धित निकायको ध्यान जाओस्। र फेरी पनि नैतिक रूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *