
काठमाडौ मिलन । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि अन्य जिल्लामा जस्तै सोलुखुम्बु माप्य दुधकोशी गाउपालीकामा पनि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, राप्रपा नेपाललगायतका दल निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार माप्यमा एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा देखिन्छन् । त्यसैले आसन्न निर्वाचनमा एमालेलाई आफ्नो वर्चश्व जोगाउनुपर्ने चुनौती छ भने काँग्रेस लगायतका दलहरु एमालेको वर्चश्व तोडेर आफू स्थापित हुने दाउमा देखिन्छन् ।
२०७४ मा सम्पन्न निर्वाचनमा माप्य दुधकोशी गाउपालीकाको ७ वडामध्ये एमालेले ४ नेपाली काङ्ग्रेसले २ वडामा विजयी भएका थिए भने एउटा वडामा माओवादीका उम्मेदवारले जितेका थिए । अध्यक्ष र उपाध्यक्ष पदमा भने एमालेले बाजी मारेको थियो । अध्यक्षमा एमालेका उम्मेदवार बुद्धिकिरण राईले काँग्रेसका भोजराज कार्की र माओवादीका केन्द्रका उम्मेद्बार शिशिर खालिङ्गलाई हराउदै जित हात पारेका थिए ।
आसन्न चुनावमा टिकट कस्ले हात पार्ला त ?
नेकपा एमाले र काङ्ग्रेसले उमेरद्वार पाईसकेको तर घोषणा गर्न बाकी बताउछन् भने उता माओवादी केन्द्रले भने अझै टुंगो नलागेको एक नेता बताउछन ।
सत्तासाझेदार प्रमुख राजनीतिक दलहरूले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल सुरु गरेका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका साथै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताले चुनावी तालमेलको मापदण्ड बनाउने विषयमा छलफल थालेका छन भने स्थानीय तहमा के गर्ने कसरी जाने भन्ने केन्द्रकै निर्णय कुरिरहेका देखिन्छन । नेकपा एमाले माप्यले भने स्थानीय तहको निर्वाचनमा एमाले पार्टीले कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने स्रोतले बताएकाछन
फेसबुकबाट तपाईको प्रतिक्रिया