×

काँग्रेस वडा अधिवेशन आज पनि केही जिल्लामा हुँदै

भदौ १९, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं । नेपाली काँग्रेसको वडा अधिवेशन आज (शनिवार) पनि केही जिल्लामा हुन लागेका छन् । केन्द्रीय समितिले वडा अधिवेशन गर्ने मिति हिजोका लागि तोकेको भएपनि विभिन्न कारणले हुन सकेका केही जिल्लामा आज हुन लागेका हुन ।

तयारी नपुगेका, बाढी पहिरो र बर्षाका कारण समस्या भएका वा अन्य कुनै कारणले वडा अधिवेशन गर्न नसकेका ठाउँमा यही भदौ २६ गतेसम्म कुनैदिन गर्न सकिने निर्वाचन समितिले व्यवस्था गरिदिएको छ ।

अधिवेशन कुन दिन गर्ने भन्ने तय गर्ने अधिकार केन्द्रीय निर्वाचन समितिले जिल्लाका लागि खटाएका निर्वाचन अधिकृतलाई दिइएको छ ।
हिजो र आज वडा अधिवेशन हुन नसकेका जिल्लामा भोलीदेखि २६ गतेसम्म पनि हुनसक्ने देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: