|
२०८३ भाद्र २६
काठमाडौं । प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबार बसेको बैठकमा कार्यसूचीमा रहेका विभिन्न विधेयकमाथिको छलफल तथा निर्णय प्रक्रिया पूरा भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।
सभामुख अर्यालले अर्को बैठक भदौ ३० गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।
शुक्रबारको बैठकमा दुईवटा विधेयक ‘विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको थियो। कार्यसूचीअनुसार विधेयकमाथिको प्रारम्भिक छलफल तथा निर्णय प्रक्रिया अघि बढाइएको थियो।
सभामुखले निर्धारित कार्यसूची पूरा भएपछि बैठक स्थगित गरेका हुन्। प्रतिनिधिसभाको अर्को बैठकमा बाँकी विधेयक तथा अन्य संसदीय कार्यसूचीमाथि छलफल अघि बढाइनेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्