|
२०८३ भाद्र १०
काठमाडौं, भदौ १० — प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। बैठक दिउँसो १ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ पनि सदनमा प्रस्तुत गर्नेछन्।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रतिनिधिसभामा पेस गर्ने कार्यक्रम छ।
यसैगरी, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्ने भएको छ।



दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्