भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकार दृढ रहेको प्रधानमन्त्री शाहको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम गर्न र बेथिति अन्त्य गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भ्रष्टाचार निर्मूल गर्न सरकारले सबै तहमा सक्रिय रूपमा काम गरिरहेको स्पष्ट पारे।

सांसद बुर्लाकोटीले सरकारको पहिलो वर्षलाई ‘सुशासन वर्ष’का रूपमा अघि बढाइएकोमा समर्थन जनाउँदै विभिन्न निकायमा निगरानी प्रणाली बलियो बनाइएको उल्लेख गरेका थिए। बैठकमा प्रधानमन्त्री स्वयं उपस्थित भई जवाफ दिएपछि सांसदहरूले सकारात्मक प्रतिक्रिया जनाए पनि नियमअनुसार लिखित प्रश्न–उत्तर प्रक्रिया नअपनाइएको भन्दै केही विपक्षी सांसदले आपत्ति जनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *