सांसदको सम्मान जोगिएन भने सरकार टिक्दैन : खरेल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल(दोलखा) ले जनप्रतिनिधिको सम्मान र भूमिकालाई कमजोर बनाउने प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभामा सोमबार बोल्दै उनले कर्मचारीतन्त्रले जनप्रतिनिधिको कुरा बेवास्ता गर्न थालेको आरोप लगाए। नागरिकका समस्या समाधानका लागि पहल गर्दा समेत सकारात्मक सहयोग नपाएको उदाहरण प्रस्तुत गर्दै उनले सुशासन कायम गर्न सबै नागरिक र जनप्रतिनिधिप्रति समान व्यवहार हुनुपर्ने बताए।

सांसद खरेलले प्रधानमन्त्रीको मात्रै होइन, सबै सांसद र नागरिकको गरिमा सुरक्षित भए मात्र सरकारप्रति विश्वास कायम रहने धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *