सञ्चारमन्त्री खरेल ओलीलाई भेट्न गुण्डु पुगे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ११

काठमाण्डौँ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै खरेल एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगेका हुन् ।

नेताहरूसँग निर्वाचन केन्द्रिक छलफल भएको खरेलको भनाइ छ । यस्तै, आजै उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नेछन् ।

यसअघि उनै खरेलसहितको सरकारी टोलीले जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको राजनीतिक दलको कार्यालयको पनि निरीक्षण गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *