|
२०८३ बैशाख ३१
काठमाण्डौँ । सांसद गणेश पराजुलीले दिएको दुई अभिव्यक्ति संसदबाट हटाउन सभामुख डीपी अर्यालले निर्देशन दिएका छन् ।
उनले बोलेका ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्द सभाको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।
सांसद पराजुलीले मंगलबारको बैठकमा धारणा राख्नेक्रममा यी शब्द प्रयोग गरेका थिए । ती शब्द हटाउनु पर्ने माग विपक्षीहरूले गरेका थिए ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले संसदीय मर्यादा पालन गर्न पनि सबै सांसदहरुलाई आग्रह गरे ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्