|
२०८२ चैत्र २७
काठमाण्डौँ । ंरास्वपा सभापति रवि लामिछानेले आफन्त र साथीभाईलाई नियुक्ति दिलाउनका लागि नलाग्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
दलको बैठकमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि सहभागी थिए । यद्यपि उनले बैठकमा केही पनि बोलेनन् ।
संसदीय दलको बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रूबी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।
रास्वपाकै समर्थनमा ठाकुरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन् । उपसभामुखको निर्वाचन आज हुँदैछ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्